"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Tuesday, October 28, 2008

रोशन दाइको भैलो-औसील्यान्डबाट

-रोशन खनाल (मेलवर्न, अष्ट्रेलिया)

घुमी धेरैतिर अष्ट्रेलिया आइयो
नौलो मान्छे, नौलो ठाउँको चाल पाइयो
यसो हेर्दा, फरक चलन फरक व्यवस्था
बुझी ल्याउँदा सबै उस्तै, त्यस्तै कथा

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

मनमा पिर तर खिस्स हाँस्नै पर्ने
"गुड-डे मेट", "हाऊ इज गोईङ्ग" भन्नै पर्ने
घरधन्दा, अफिसफन्दा फुर्सद छैन
सधैँ दौडा-दौड कहिल्यै छैन चैन

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

तलब दिन चुइँया यी "औसी" भाइ
दिएको आधा फिर्ता लिन्छन्, "ट्याक्स" भनेर
बाकीँ जान्छ "ईन्सुरेन्स" र "मोर्टगेज" मा
लाईफ सधैँ रहर र "सर्टेज" मा

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

आउने होइन आरामैको चिठीपत्र
"मेलबक्स" मा जहिले हेर्‍यो "बिल" मात्र
अवसरहरुको ढोका खुल्छ भन्ने सुनेको
शंकै लाग्छ, सबै ऋणमा ढुबेको

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

जे भए'नि घर सबको झिलीमिली होस्
लक्ष्मी आउन्, तिहार सबको रमाईलो होस्
संस्कृति र परम्परा सधैँ साँचून्
मंगलमय शुभकामना सधैँ बाँचून ।

हे औशी बारो, बाँच्न भयो गाह्रो, गाई तिहारो भैलो...

Monday, October 27, 2008

तिहारको शुभकामना

कालको शक्ति, प्रल्हादको भक्ति
बुद्धको ज्ञान, कर्णको दान
आइन्सटाइनको बुद्धि, नोबल प्राइजको सिद्धि
सकुनीको पासा, विदुरको कुटनीतिक भाषा
भीष्मको प्रतिज्ञा, हरिश्चन्द्रको सत्यता
अर्जुनको निशाना, कुवेरको खजाना
अरनिकोको चित्र, लक्ष्मीप्रसादको साहित्य
गंगालालको देशप्रेम, मुनामदनको अमरप्रेम
रजनीकान्तको स्टाइल, मधुबालाको स्माइल
गोविन्दाको कमेडी, दिलिपकुमारको ट्रेजेडी
अमिताभको कला, लताको गला
माइकल ज्याक्सनको पप, शेखरसुमनको गफ
बि.एम. डब्लुको कार, डायमण्डको हार
डलरको बन्गारा, सिहंदरबारजस्तो बंगला
माइकल जोडनको स्यालरी, अब्दुल कलामको भोक्याबुलरी
वर्ल्ड टुरको टिकट, पाउण्ड भरिएको वालेट
माइक्रोसफ्टको सेयर, रुपियाँको ढेर
जोक्सको फर्वाड, याडमिनिस्ट्रेटरको पास्वर्डस्
दशैमा देखिएको मुस्कान, मुटुमा लाग्ने तीर-वाण
अनि साथ-साथै धेरै-धेरै
सम्झना, माया, प्रेम प्राप्त होस् । । ।
तिहारको यही शुभकामना ।

Wednesday, October 8, 2008

लामो समयदेखि अपडेट नभएको साइट


यदि तपाईँले ईन्टरनेट चलाउने क्रममा www.hamrosamachar.com को ठेगाना हान्नुभयो भने तपाईँको आँखा पेजको सबैभन्दा माथि रहेको समाचारमा पर्नेछ; जसमा लेखिएको छ: "बुद्ध जयन्ती विश्वभर मनाईँदै" तपाईँ एकछिन त पक्कै अल्मलिनुहोला यो महिनामा बुद्धजयन्ती कसरी परेछ भनेर । माथि दाहिने कुनामा आजकै मिति देखेर तपाईँलाई बाल दिवस र शिक्षा दिवसको मिति त सर्ने देशमा बुद्ध जयन्तीको मिति पनि सर्‍यो होला भनी ठान्नुहोला । यदि तपाईँ यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुभएको छ किनभने बुद्धजयन्तीको मिति सरेको होइन, बरु यो साइट नै अपलोड नभएको हो । जेठ महिनापछि यो साइट अपलोड भएको देखिँदैन । मुख्यत: विदेशमा रहेका नेपालीहरु यो साइटको अवलोकन पछि अल्मलिने प्रवल संम्भावना देखिन्छ ।

Thursday, October 2, 2008

दशैं

-लेखनाथ पौड्याल

हट्यो सारा हिलो मैलो

हरायो पानीको वर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको वर्षा


जता जाउ उतै भन्छन्

दशैं आयो दशैं आयो

यही आनन्द चर्चाले

सबै संकष्ट बिर्सायो


ठूला साना सबैलाइ

दशैं अत्यन्त राम्रो छ

चलेका चाडमा ज्यादै

यही उत्कृष्ट हाम्रो छ


सबै अत्यन्त आनन्दी

सबै छन् पिङमा दंग

सबैको देखिंदै आयो

उज्यालो चेहरा रंग