"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Saturday, July 5, 2008

पैसा बचाउने सोह्र उपाय

· 'खर्च घटाउनु भनेको पैसा बचाउनु हो' भन्ने सुत्रलाई कहिले पनि नभुल्नुहोला ।

· तपाईको निश्चत आम्दानी छ भने महिनाभरिको खर्च तालिका बनाउनुहोस् र सोही योजनामुताबिक बचत हुने गरी खर्च गर्नुहोस् । यदि आम्दानीको निश्चतता छैन भने सम्भावित आयको अनुमान गरी खर्चका शीर्षकहरू तोक्नुहोस् र उल्लेख नभएको शीर्षकमा खर्च नगर्नुहोस् । बजार जाँदा कुनै सामान देख्नेबित्तिकै 'किनी हालौं न' भन्ने भावनाले नकिन्नुहोस् ।

· सकभर प्रतिफल प्राप्त नहुने कुरामा खर्च नगर्नुहोस् । यदि तपाईँले गरेको खर्चबाट अल्पकालमा र दीर्घकालमा केही फाइदा हुँदैन भने यस्तो परिस्थितबाट टाढै रहनुहोस् ।

· तपाईँले किनेको कुनै पनि बस्तु अर्थात् कपडा, जुत्ता, कापी, कलम वा अन्य जेसुकै सामानको पनि पूरै उपयोग नगरीकन त्यसको त्याग नगर्नुहोस् यसबाट तपाईँ छिट्टै नयाँ वस्तु तथा सेवा खरिद गर्नुपर्ने स्थितिदेखि जोगिनुहुन्छ ।

· सकभर खाजा र खाना घरबाहिर अर्थात् होटेल-पसलमा नखानुहोस् बाहिर थोरै दिन खान पुग्ने खर्चले घरैमा खाँदा धेरै दिनलाई पुग्ने हुन्छ ।

· सामान खरिद गर्दा बाहिरी आकर्षणबाट मात्र नलिनुहोस्, टिकाउ र दीर्घउपयोगितालाई प्राथमिकता दिनुहोस् ।

· पुग्नुपर्ने गन्तव्य धेरै टाढा छैन र फुर्सद (समय) छ भने सवारी साधनको साहारा नलिनुहोस्, यसबाट तपाईँको शारीरीक व्यायम पनि हुन्छ र खर्च पनि जोगिन्छ ।

· चाड, पर्व, उत्सव, मेलाआदिको आयोजना गर्दा तडकभडक देखाउने गरी हैन सरल तरिकाले कम खर्चमै उद्देश्य प्राप्ति गर्ने प्रयास गर्नुहोस् । तपाईँको तडकभडक देखेर अरुले तपाईँप्रति 'गरिबलाई शोषण गरेर कमाएको' जस्ता नकारात्मक धारणा बनाइरहेका हुन सक्छन् ।

· आफूले तिर्नैपर्ने फी, महसुल तथा अन्य दस्तुरहरू समयमै बुझाउनुहोस् यसबाट तपाईँ जरिवानाको मारमा पर्नुहुन्न ।

· सकेसम्म उधारो तथा ऋणजस्ता कारोबार नगर्नुहोस् । किनकि यो व्यवहारले तपाईँलाई खर्च बढी गराउन प्रोत्साहित गर्छ ।

· धूम्रपान, मदिरासेवनलगायत अन्य केही नशाजन्य कुरा प्रयोग गर्ने बानी छ भने यसलाई तुरुन्त सुधार गर्नुहोस्, अन्यथा यस्तो बानीले थाहा नपाउने गरी तपाईँको खल्ती रित्याइदिन्छ ।

· खाना खाँदा भोक र स्वादलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिने गर्नुहोस्, यसो गर्दा तपाईँलाई कमै रोग लाग्छ र स्वास्थ्योपचार खर्चमा कटौती हुन्छ ।

· सकभर आफ्नै मेहनत र श्रम लगानी गरेर आम्दानी गर्नुहोस्, यस्तो आम्दानीमा तपाईँलाई फजुल खर्च गर्न मन लाग्दैन ।

· अरूलाई खुसी पार्ने बहानामा घूस, कमिसन तथा अन्य कुनै पनि अनावश्यक रकम खर्चिने बानी छ भने यसलाई त्याग्नुहोस् ।

· कसैलाई उपहार, शुभकामना दिनुछ भने महँगा सामान खरिद गर्नुभन्दा प्रेरणा जाग्ने किसिमका पुस्तक तथा प्राकृतिक फूलहरू दिने गर्नुहोस् ।

· तपाईँमा कुनै सीप, कला, कौशल, योग्यता तथा कुनै पनि विषयमा दक्षता छ भने त्यसलाई 'व्यावसायिक' बनेर अर्थ आर्जन हुने क्षेत्रमा मात्र प्रयोग गर्नुहोस् ।

Tuesday, July 1, 2008

महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितांशहरु

फर्क फर्क हे जाऊ समाऊ
मानिसहरुको पाउ,
मलम लगाउ आर्त्तहरूको
चराइरहेको घाउ ।
----------
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।
----------
स्वर्ग नै मातृभूमि हो, मुक्ति हो बलिदान नै ।
धर्म हो उनकै सेवा, पुण्य हो त्यसको फल ।
स्वर्ग भन्ने उता छैन, यतै छन् सब देवता
----------
मनिसको आँशु मानिसले पुछ्नु सबैको धर्म हो
मानिसलाई मद्दत गर्ने स्वर्गमा पुग्ने छ ।
----------
सानो रायो नजान्नेले नसक्ने तिल सिर्जन ।
यौटा रौँ नै नबुझ्नेले दाना एउटा जुगाञ्जुग ।
झल्की रहेको आँखामा नबुझ्नेले सबै जगत् ।
जाने झैँ ईश्वरै छैन, के भन्नु है मूर्खता ?
----------
रहेछ संसार निसा समान ।
आएन ज्यूँदा रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्‍ण‍ रहेछ एक ।
न भक्ति भो ज्ञान न भो विवेक ।
----------
हातका मैला, सुनका थैला, के गर्नु धनले ?
सागर र सिस्नु खाएको बेश आनन्दी मनले !
----------
ईश्वर ! तैंले रचेर फेरि कसरि बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस् ?