"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Friday, September 19, 2008

तत्कालीन काठमाडौ विमानस्थल

हाल यहाँ त्रिभुवन अन्तर्राष्‍ट्रय विमानस्थल रहेको छ।
(फोटो स्रोत: राष्‍ट्रिय वाणिज्य बैँकको क्यालेन्डर, २०६५)

Sunday, September 14, 2008

अमेरिकी राजदूतावासको कृयाकलाप

अमेरिकी राजदूतावासले न्यूनतम रकम लिएर मात्र निवेदन फारम भर्न लगउनु पर्ने हो तर नेपालीहरूसँग यसरी धेरै रकम लिनुलाई उपर्युत्त मान्न सकिदैन त्यसमा पनि सबैलाई भिसा दिइदैन । पढ्न जान अमेरिकाबाट 'क्नफ्मेशन' आइसकेका विद्यार्थीहरूले समेत भिसा नपाएको कयौं उदाहरणहरु छन् । यसको कुनै कारण समेत दिइदैन जसले गर्दा भीसाको लागि आवेदन दिनेहरुले रकम खेरा फाल्नु परेको मात्र छैन; उनीहरूले ठूलो मानसिक पिडा समेत भोग्नु परिरहेको यथार्थ पनि छ । एउटा प्रजातान्त्रिक मुलुकको कुटनितिक नियोगले यस यथार्थलाई मनन गर्नु आवश्यक छ । मान्छेले भीसा शुल्कबाटै अमेरिका राजदूतावासको प्रशासनिक खर्च उठाउने गरेको गुनासो पनि गर्ने गरेका छन् ।

यसमा कति सत्यता छ त्यो अमेरिकी राजदूतावासलाई नै थाहा होला तर पनि सम्पूर्ण पूर्वाधार पूरा गरी भीसा प्राप्‍त गर्न त्यहाँ पुगेका नेपालीलाई भीसा नदिई फिर्ता पठाउने प्रचलनलाई राम्रो मान्न सकिदैन । यसतर्फ अमेरिकी राजदूतावास र नेपाल सरकारले पनि उचित ध्यान दिन सक्नुपर्छ भन्ने मलाई लाग्दछ ।

यदि यस काममा अमेरिकी राजदूतावासको कृयाकलाप ठीक छ भने जुन दिन भीसाको लागि आवेदन गर्ने सबैको नामावली र त्यसमध्ये कतिले भीसा पाए त्यसको नामावली भीसा नपाउनेले किन भीसा नपाएका हुन्, त्यसको यथार्थ सत्य सार्वजनिक गर्ने 'पारदर्शी' प्रयास गरेमा राम्रो हुने थियो तर किन हो कुन्नि अमेरिकी राजदूतावासले त्यस किसिमको कार्य गर्न चासो दिएको देखिदैन ।

यस कारणले गर्दा प्रतिवर्ष नेपालीहरूको करोडौं रकम वालुवामा खनाइएको पानीजस्तो हुने गर्दछ ।