"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Friday, June 12, 2009

शैलजा रहिनन्

राजा महेन्द्रलाई कालो झण्डा देखाउने नेतृका रुपमा चर्चित शैलजा आचार्यको निधन भएको छ ।

नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको ६५ वर्षको उमेरमा जेठ २९ गते बिहान काठमाडौं शिक्षण अस्पतालमा निधन भएको छ । आचार्यको शव बिहान ९ देखि १२ सम्मको लागि पार्टी कार्यालय सानेपामा राखिने तथा साढे १२ बजे पशुपति आर्यघाटमा दाहासस्कार गरिने नेपाली कांग्रेस श्रोतले बताएको छ । आचार्य लामो समयदेखि अल्जारइमर्स र निमोनियाद नामका रोगबाट पिडित थिइन् । आचार्यलाई जेठ २७ गते उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो ।

नेपालकै पहिलो उपप्रधानमन्त्री आचार्य २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि राजालाई कालो झण्डा देखाउने साहाशी नेतृको रुपमा परिचित छिन् । कालो झण्डा देखाएपछि उनलाई पक्राउ गरिएको थियो र २ वर्ष कारवाश सजाय दिइएको थियो । प्रजातन्त्र स्थापनापछि २०४८ र २०५१ मा उनले मोरङबाट प्रतिनिधिसभा निर्वाचन जितेकी थिइन् र २०५३ मा उपप्रधानमन्त्री तथा जलश्रोत मन्त्री बनेकी थिइन् ।

साभार: हिमालखबर डट कम ।