"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

Tuesday, July 1, 2008

महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितांशहरु

फर्क फर्क हे जाऊ समाऊ
मानिसहरुको पाउ,
मलम लगाउ आर्त्तहरूको
चराइरहेको घाउ ।
----------
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।
----------
स्वर्ग नै मातृभूमि हो, मुक्ति हो बलिदान नै ।
धर्म हो उनकै सेवा, पुण्य हो त्यसको फल ।
स्वर्ग भन्ने उता छैन, यतै छन् सब देवता
----------
मनिसको आँशु मानिसले पुछ्नु सबैको धर्म हो
मानिसलाई मद्दत गर्ने स्वर्गमा पुग्ने छ ।
----------
सानो रायो नजान्नेले नसक्ने तिल सिर्जन ।
यौटा रौँ नै नबुझ्नेले दाना एउटा जुगाञ्जुग ।
झल्की रहेको आँखामा नबुझ्नेले सबै जगत् ।
जाने झैँ ईश्वरै छैन, के भन्नु है मूर्खता ?
----------
रहेछ संसार निसा समान ।
आएन ज्यूँदा रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्‍ण‍ रहेछ एक ।
न भक्ति भो ज्ञान न भो विवेक ।
----------
हातका मैला, सुनका थैला, के गर्नु धनले ?
सागर र सिस्नु खाएको बेश आनन्दी मनले !
----------
ईश्वर ! तैंले रचेर फेरि कसरि बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस् ?

No comments: