-नवराज आचार्य
प्रेममा म अन्धो भाछु, जग देखाउने मैना तिमी
हेर्दा निम्लाई देख्छु आफै मेरो मनको ऐना तिमी
मन चोर्न सिपालु छौ सोध्छौ कति माया दिन्छौ भनि
सर्वश्व नै तिमी हो नि लाटी, व्यर्थ माग्छौ बैना तिमी
रिसाउछौ अनि घुर्काउछौ को हुँ र म भन तिम्री?
मेरो प्रमको उपवनमा नाच्दै हिड्ने मैना तिमी
कहिले आउछौ अंगालोमा कैले आँखा तर्छौ तिमी
रिसाउदानी झनै सुन्दर जीन्दगीकी सैना तिमी
अधर चुम्छौ नजर छोपी गाला जोड्दै कानेखुसी
काखैमा आएर बसिदिन्छौ बन्दै साह्रै लैना तिमी